पर्वत । पोखराबाट काठमाडौंका लागि उडेको हेलिकप्टर पर्वतको सदरमुकाम कुश्माबजारमा आकस्मिक अवतरण गरिएको छ ।
मौसमको खरावीका कारण श्री एयरलाईन्सको एकेजी हेलिकप्टर आज बिहान १० बजे पर्वतमा आकस्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा ६ जना सवार थिए ।
चार्टर गरेर डोल्पाबाट आएको हेलिकप्टर पोखरामा इन्धन भरेर काठमाडां जाने तयारीमा थियो ।
पोखराबाट काठमाडौं लागि उडेको केहीबेरमै एक्कासी मौसममा खरावी आएपछि पर्वतमा अवतरण गरेको हो । अहिले पर्वतमा वर्षासँगै बाक्लो कुईरो लागेको छ ।
RSS