– विनोद घिमिरे
लिस्वन, गत महिना नेपाली व्यवशायीहरुको राजधानी लिस्वन भन्दा केही पर सान्ताराई मा अवस्थित वाईन उद्योग Quinta da Ribeirinh को अवलोकन भ्रमणका क्रममा स्व. बेग बहादुर थापाको परिवारको सहयोगार्थ संकलित रकम आठ सय पचपन्न युरो मंगलबार एनआरएन ए पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङ ले स्व. थापा की धर्मपत्नी लक्ष्मी थापा लाई एक कार्यक्रम का बीच हस्तान्तरण गरेका छन्।
स्थानिय समाजसेवी तथा पिडित परिवार पुनर्स्थापना सहयोग समितिका आर्थिक संयोजक नरेन्द्र हमाल र एनआरएन ए पोर्चुगल को अग्रसरतामा सोहि रकम संकलन गरिएको हो।
एनआरएन ए कार्यालय रोशियॊमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुंगले ले स्थानिय पत्रकार, संघ-सस्थाका प्रतिनिधि र एनआरएन पदाधिकारीको रोहवरमा उक्त रकम हस्तान्तरण गरेका हुन्। अध्यक्ष गुरुंगले स्व. थापा का परिवार प्रति पोर्चुगलबासी सम्पूर्ण नेपालीहरुको माया र स्नेह रहेकोले आउदा दिनमा पनि सक्दो सहयोग गर्दै जाने आश्वाशन दिएका छन्। दुई नाबालक छोरा र छोरी लाई काखी च्याप्दै गहभरि आशु पारेर सहयोग रकम लिएको त्यो क्षण ले सबैलाई भावुक बनाएको थियो।
स्मरण रहोस् गत बर्ष नोभेम्बर १५ भाईटीकाको राती कामबाट साइकलमा घर र्फकने क्रममा अल्गार्भको गियामा अपरिचित कारको ठक्करबाट थापाको मृत्यु भएको थियो । थापाको मृत्यु पश्चात अल्गार्भमा कष्टकर जिवन विताउदै आएका दुई नावालक छोरा छोरी र श्रीमतीलाई एनआरएन एवं समाजसेवीहरुको पहलमा लिस्वन ल्याइएको थियो ।