बाँके । नेपालगन्जको कारागारमा दुई समुह विच झडप हुदाँ केही कैदी घाइते भएका छन् ।
हिजो साझँ भएको झडपमा कैदी बन्दीहरु भोला महाउत, त्रिभुवन लोनिया, सोनी खाँ र सव्विर खाँ घाइते भएका छन् ।
घाइतेहरुको भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । नाइके परिवर्तन गर्नु पर्ने, नियमित सरसफाई हुनु पर्ने लगायतका माग राखी उनीहरुले कारागारमा तालाबन्दी गरेका थिए ।
ताला बन्दी गरेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी संग मात्रै सो विषयमा छलफल गर्ने अडान लिएका थिए । उनीहरुको अधिकांश मागलाई प्रमुख जिल्ला अधिकारीले सहमती जनाए पछि लगाइएको ताला हिजै खोलीएको थियो ।
ताला खोलेर भित्र पस्ने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओलीले बताउनु भयो ।
RSS