– उमाकान्त पाण्डे गाउंले र होम बहादुर बुढाथोकी
असार २२, दुबइ – संयुक्त अरब इमिरेट्स यूएईको दुबइमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि ८ महिना अघि दुबइ आएका भोजपुरका नबिन कुमार राईको हृदयघातका कारण ज्यान गएको हो ।
दुबइमा रहेको बर्केली जनरल सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत राईको गत सोमबार साँझ ज्यान गएको हो । उनी बर्केली कम्पनी मार्फत दुबइ बिमनस्थलमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । आइतबार राती रात्री सेवाको ड्युटी सकेर सोमबार बिहान दुबइको अल्कुजमा रहेको मजदुर क्याम्पमा आएर सुतेका उनी सधैंका लागि निदाइरहे ।
रोजीरोटी गरि घर परिवारलाई खुशी राख्ने मिठा सपना बुनेर हिंडेका राईको सपना गत सोमबार दिउस तुहिएर गयो । राईको परिवार अहिले अचेत अवस्थामा छन । उनको परिवार हाल मोरङमा बस्दै आएका छन । १ छोरा र श्रीमती सहितको उनको परिवार अहिले अलपत्र अवस्था मा छ । घरको आम्दानी जुटाउने श्रीमानको बिदेशमा निधन भए पछि श्रीमती बेहोश छिन ।
३८ बर्षिय राइ यस् अघि ३ बर्ष मलेसिया र माल्दिभ्स २ बर्ष काम गरि ८ महिना अघि मात्र दुबइ आएका थिए । ‘आएको ८ महिना सकिन नपाउदै उनका बाँकी जीवनका पाइला पनि बिचमै चिफ्लिए’ सहकर्मी ओम लिम्बुले भक्कानीदै भने । आइतबार ‘नाइट ड्युटी’ गरि कोठामा आएका राई मध्यान्हको खाना खाएर सुतेका सधैं झै साँझ नउठे पछि अन्य सहकर्मीहरुले उठाउन खोज्दा उनी मृत् अवस्थामा भेटिएको लिम्बुले बताए ।
‘मदिरा सेवन नगर्ने स्वस्थ्य र हसिलो ब्यात्तीको निधन भए पछि हामी त्यसै त्रसित र अच्चमित छौ’, सगैंकाम गर्ने अन्य नेपालीले भने ।
राइको निधनलाई दुबइ पुलिशले पनि पहिले सक्कासपद हुन सक्ने भन्दै कम्पनीको मजदुर क्याम्पको इन्चार्ज ‘क्यामबोस’ लाई समेत नियन्त्रणमा लिएको थियो ।’क्याम्पबोस’ समेतलाई नियन्त्रणमा लिए पछि सोही कम्पनीमा कार्यरत अन्य नेपाली त्रसित थिए , घटनाको खबर दुई दिन सम्म पनि घरमा दिन नसकिएको सहकर्मीले बताए । राइको शब पोस्टमार्टम पछि मृत्युको कारण भने ह्रदयघात भएकोले नियन्त्रणमा लिईएको ‘क्यामबोस’ लाई अनुसन्धान पछि छोडिदिएको छ ।
मृतक राइको शब हाल: दुबइको अल रशिद अस्पतालमा राखिएको छ । कानुनी प्रकृया पुरा गरि शब नेपाल पठाउन अझै केहि दिन लाग्ने कम्पनी स्रोतले बताएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।