भैरहवाबाट नारायणगढ तर्फ जादै गरेको बस दुर्घटना

नवलपरासी  । पुर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अग्यौलीस्थित पत्थरखोलामा बस पल्टिँदा ३४ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्थामा गम्भिर छ ।

 

भैरहवाबाट नारायणगढ तर्फ जादै गरेको बस तिब्र गतिका कारण विहान पत्थरखोलाको पुलबाट अनियन्त्रित भई खसेको हो ।

 

दुर्घटनामा घाईते भएका ३२ यात्रुको स्थानीय मध्यबिन्दू अस्पतालमा उपचार भइरहेको छ ।

 

गम्भीर घाईते भएका बसका चालक गुञ्जराज श्रेष्ठ र बसका यात्रु सोहि ठाउँका यमबहादुर खडकाको भरतपुर अस्पतालमा उपचार भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

 

RSS

अन्य समाचारहरु