राजु खडका
नेपाली समाज यूएई दुबईको क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ्। नेपाली समाज यूएईका उपाध्यक्ष श्री भेषराज ढकाल ( कार्यबाहक अध्यक्ष ) को सभापतित्य र नेपाली समाज यू.ए.ई.का पार्सद अध्यक्ष श्री बिदुर राउत को प्रमुख आथित्यमा बसेको बसेको उक्त भेला ले अर्घाखाँची संपर्क समिती यु ए ई का केन्द्रिय सदस्य समेत रहेका श्री बिष्णु प्रसाद आचार्य को अध्क्ष्यता मा ७ सदस्सिय समिती गठन भएको छ्।
उक्त कार्यक्रमका अतिथिहरुमा अर्घाखाँची संपर्क समिती यु ए ई का अध्यक्ष श्री राजु खड्का, नेपाली समाज यू.ए.ई.का उपाध्यक्ष श्री भिम अधिकारी, बिश्व सहयोग संगठनका उपाध्यक्ष श्री गोबिन्द ढकाल, नेपाली जनसम्पर्क समितिका अबुधाबी क्षेत्रिय अध्यक्ष श्री कृष्ण गौतम र नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य बिमला सापकोटा रहनुभएको थियो ।
साथै यस कार्यक्रममा अन्य बुद्दिजिवी, समाजसेवीहरु को समेत बाक्लो उपस्थिती रहेको थियो। नेपाली समाज यु ए ई लाई एक छाता संस्था को रुपमा यु ए ई मा चीनाउने हिसाब ले केन्द्रिय समिती को अधिबेशन लगत्तै बिभिन्न क्षेत्र हरु मा ब्यापक रुपमा एकिक्रित गर्ने कार्य तिब्र भएको छ्। नेपाली समाज यू.ए.ई.दुबईको क्षेत्रीय समितीका उपाध्यक्षमा क्रमस टिकेन्द्र पाण्डे, मित्र पाण्डे, कोसाध्यक्षमा इश्वरी पन्थी, सचिबमा सुदिप नेपाली, सह-सचिबमा राजेन्द्र प्रसाद अधिकारी र सदस्यमा कमल लामिछाने रहनु भएको छ्।
कार्यकर्म मा सम्पूर्ण सदस्य हरुलाई कृष्ण गौतम,, बिधुर राउत, राजु खडका, भेसराज ढकाल लगयता का समाज सेवी हरुले शुभकामना दिनु भएको थियो। हाललाई ७ सदस्य नेपाली समाज यू.ए.ई.को दुबई क्षेत्रीय कार्य समिति चयन गरिएको छ यो कार्यसमिति को आगामी बैठकले यस समिति लाई पुर्णता दिने निर्णय समेत गरियो । कार्यक्रम नेपाली समाज यू.ए.ई.का सचिब श्री हरि खनालको संचालनमा सम्पन्न गरियो ।