– गीता मणि पाण्डे यु ए ई दुबई
गत सुक्रबार हाम्रो स्याङ्गजा, हाम्रो गौरव भन्ने नारा लिएर स्याङ्गजा जिल्लाको चौतर्फी विकास गर्ने, विश्वभरि छरिएर रहेका स्याङ्गजाबासीहरुसँग सीधा सर्म्पर्क गर्ने र यूएईमा रहेका स्याङ्गजाबासीहरुको उद्धार गर्ने मुख्य उद्देश्य लिएर गठन गरिएको स्याङ्गजाली समाज, यूएईले आफ्नो एक कार्यकालमा उल्लेखनीय कार्यहरु गर्दै स्याङ्गजा सहयोग समाज, यूएईको नामबाट ०५ जुलाई २०१३ का दिन बर दुबईको एवरेस्ट होटेलमा दोस्रो अधिवेशन सफलतापुर्बक सम्पन्न गरेको छ ।
गत ०५ जुलाई २०१३ का दिन दोस्रो अधिबेसनले राजु पाण्डेको अध्यक्षतामा स्याङ्गजा सहयोग समाजको अधिबेसन सम्पन्न गरेको हो । स्याङ्गजा सहयोग समाज, समाजका अध्यक्ष भूपति न्यौपानेको अध्यक्षता तथा यम लाल शर्मा पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा बिसेष अतिथि पुर्सोतम पाण्डे अतिथिहरुमा प्रकाश कोइराला , डीआर गुरुङ्ग, चित्र केसी , अर्जुन दाहाल , त्रिलोचन कोइराला गोपाल कंडेल ,हेमन्त पौडेल , टेक नाथ खनाल , नारायण पाण्डे , जिबन शर्मा , मिलन गुरुङ , यादव अर्याल , महिला, पत्रकार तथा समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो कार्यक्रम को संचालन लक्ष्मन् खनाल ले गरेका थिए /
एकेन्द्र थापाको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा समाजका सचिव राजु पाण्डेले समाजको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको आफ्नो एक कार्यकालमा पाँच शय भन्दा बढी सदस्यहरु संस्थाको सर्म्पर्कमा आएको जानकारी दिंदै यूएईका इमिरेट्सहरुमा छ वटा क्षेत्रीय समितिहरुको अधिबेसन भैसकेको र तीस जना भन्दा बढी व्यक्तिहरु संस्थाको आजीवन सदस्य बनेको र अब आउने दिनहरुमा अझ बढी हुने कुराको जानकारी गराउनु भएको थियो।
यसैगरी सँस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कोषाध्यक्ष कृष्ण न्यौपानेले संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका उपलब्धि र आम्दानी र खर्च बराबर भएको र स्याङ्गजा स्थित स्वरेकको टापू भञ्ज्याङ्ग नि.मा.वि.को निम्ति रु. पचास हजार अक्षयकोषको स्थापना गरेर बैंक खाता खोलेको जानकारी गराए का थिए ।
अधिवेशनको दोस्रो चरणमा अध्यक्ष भूपति न्यौपानेले आफ्नो एक कार्यकालमा दिइएको जिम्मेवारी पूरा गरेको र विधान अनुसार आगामी दुई बर्षे कार्यकालको लागि कार्य समिति चयन गर्नुपर्ने भएकोले पुरानो समिति विघटन भएको घोषणा गर्दै नयाँ कार्यसमिति चयनको लागि बन्दसत्रको आव्हान गरेपछि बन्द सत्रमा उपस्थित सदस्यहरुको सर्ब सहमतबाट आगामी दुई बर्षे कार्यकालको लागि राजु पाण्डेको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरयो । जसलाई निर्बाचन समिति को संयोजक बाबुराम जीले नाम पढेर सुनाएका थिए भने हल बाट ताली पिटेर निर्बाचित सबैलाई स्वागत गरेका थिए / निर्वाचित हुने अन्य पदाधिकारीहरुमध्ये उपाध्यक्ष कृष्ण न्यौपाने , कुल छेत्री र सोभित बहादुर थापा महासचिवमा लक्ष्मन् खनाल , प्रबक्ता भूप राज बश्याल सचिवमा ऋषि बश्याल र राम बहादुर गुरुङ , कोषाध्यक्षमा सुर्य पाण्डे र सहकोषाध्यक्षमा धर्म पराजुली रहेका छन् भने सदस्यहरुमा , लेखनाथ न्यौपाने , रमेश श्रेष्ठ , खेम तमु ,संकर न्यौपाने रमेश गुरुङ , खगेन्द्र गैरे , टुक नारायण जैसी , रुद्र केसी , नारायण पाण्डे , टेक लाल खनाल , जिबन शर्मा , रुद्र थापा , हिमलाल डुम्रे , राजु केसी निर्वाचित भएका छन् ।
उक्त साधारण सभामा नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य दिंदै गोपाल कंडेल , हेमन्त पौडेल , चित्र केसी प्रकाश कोइराला , टेक खनाल , नारायण पाण्डे , जिबन शर्मा , मिलन गुरुङ आदिले स्याङ्गजालीहरु नेपालमा पनि हरेक तहमा अग्र स्थानमा रहेका र यूएईमा पनि अग्रणी स्थानमा आफ्नो वर्चस्व कायम राख्न सफल देखिएकोमा खुशी व्यक्त गर्दै स्याङ्गजा सहयोग समाज, यूएईले छोटो समयमा उल्लेखनीय कार्यहरु गरेको र आगामी दिनहरुमा पनि समाजसेवा गर्ने मनोकांक्षा अझ तीब्र हुनुपर्ने, यूएईमा रहेका संघसंस्था र नेपालीहरुलाई पनि हातमा हात मिलाई सहयोग गर्नुपर्ने, दुःखमा परेका नेपालीहरुले कुन संस्थाको मुख ताक्ने भन्ने अवस्था सिर्जना हुन नहुने भन्दै भावी सफल नेतृत्वको कामना समेत गरेका थिए ।
प्रमुख अतिथिको आसनबाट यम लाल शर्मा पंगेनीले स्याङ्गजा सहयोग समाज छोटो समयमा प्रभावकारी काम गरी लोकप्रिय बनेकोमा निवर्तमान कार्यसमितिलाई धन्यवाद दिंदै सोही प्रक्रिया नयाँ कार्यसमितिले पनि अपनाउँन सकोस् र सम्पूर्ण संघ सस्था संघ हाते मालो गर्दै जायोस भन्दै स्यांग्जा सहयोग समाज लाइ सधै उच्च सिखरमा पुर्याउन हामी सबै तल्लिन भएर लाग्नु पर्ने भन्दै समाज को बारेमा प्रस्ट पार्दै पुर्ब वक्ताहरुको जिज्ञासाको जवाफ दिंदै स्याङ्गजा जिल्लाको चौतर्फी विकास र स्याङ्गजाबासीहरुको सहयोगको निम्ति संस्था खोलिएको अवश्य हो र यसका अतिरिक्त यूएईमा रहेका अन्य संघसंस्था र नेपालीहरुको हितको निम्ति पनि यो संस्थाले अवश्य काँधमा काँध मिलाउँनेछ भने यो उद्देश्य संस्थाको विधानमा पनि उल्लेख गरिएको छ भनी यूएईमा रहेका नेपालीहरुको उपकार गर्न पाइयोस् भन्ने अभिलाषा राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिए ।
सभाको अन्तमा सभाध्यक्ष तथा निवर्तमान अध्यक्ष भूपति न्यौपानेले नवनिर्वाचित अध्यक्ष राजु पाण्डेले आफूलाई सुम्पिएको गाडीको स्टेशनसम्म पुर्याउने जिम्मा एक्लैले पूरा गर्न गाह्रो हुने हुँदा पुर्ब अध्यक्ष तथा पूरा टीमको सहयोगको टड्कारो आवश्यकता रहेको जिज्ञासाको जवाफ दिंदै नयाँ पिँढीलाई कार्यभार सुम्पदैमा आफ्नो जिम्मेवारी पूरा नभएको र यसलाई गन्तव्यसम्म पुर्याउन हमेशा दिशा निर्देश गरिहने प्रतिबद्धता जाहेर गरे भने आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद तथा नयाँ कार्यसमितिको कार्यकालको सफलताको शुभकामना दिंदै सभा विर्सजन गरेका थिए ।