– राजु खडका – यु ए ई
हिजो शुक्रबार को दिन यु ए ई को अबुदाबी स्थित आई काड मा अर्घाखाँची जिल्ला बाशी को साझा समाज अर्घाखाँची संपर्क समिती युएई अबुधाबी क्षेत्रिय समितीको बिभिन्न छलफल बिच भेला सम्पन्न भएको छ्। केन्द्रिय बारीस्ठ सल्लाहकार रबिलाल खनाल को प्रमुख आतिथ्यमा क्षेत्रिय समिती का उपाध्क्ष्य बिष्णु पन्थी को सभापतित्वमा सचालन भएको थियो।
पछील्लो केही समय यता यु ए ई का बिभिन्न संघ संस्था बिच अर्घाखाँची जिल्ला को नाम लाई सहयोगी हात बनाएर सहकार्य गर्दै आएको उक्त संस्था को नियमित क्षेत्रिय बैठक मा जिल्ला बाशी को बाक्लो उपस्थिती थियो। क्षेत्रीय समिती का बर्तमान अध्यक्ष दिपक कुबर यु ए इ छाडी नेपाल जानु भयको उक्त पद मा बिष्णु पन्थी लाई सर्बसहमती मा चयन गरी उपाध्यक्ष लेखनाथ भुसाल लाई राखीयको छ।
दिनको टन्टलापुर घाम मा पनि सामाजिक काम को लागि निरन्तर लाग्ने सो बैठक मा उपस्थित भएको साथी हरुको सन्ख्या ले नै देखाएको थियो । भबिस्य मा निरन्तर रुपमा बैठक राखी योजना बद्द हिसाब काम गर्नु मा जोड दिनु को साथमा सबै जिल्ला बाशी हरुलाई देश को जुन कुना मा भये पनि सहयोग गर्न दिन रात नै लाग्ने अध्क्षय पदमा आउनु भएका बिष्णु पन्थी ली बताउनु भयो।
हरेक साथी हरु ले परदेश मा एती गर्मी बडिरहेको हुँदा पनि काम लाई निरन्तर दिदा आफ्नो स्वथ्य को ख्याल गरी दैनिक जीवन बिताउन हुन अनुरोध गर्दै क्षेत्रिय समिती का उपाध्यक्ष हिम बहादुर छेत्री ले सबैलाई नयाँ साथी हरु लाई शुभकामना दिनु भएको थियो भने, उपस्थित हुनु भएका सम्पूर्ण जिल्ला बाशीलाई धन्यवाद दिदै बरीस्ठ सल्लाहकार रबिलाल ज्यु ले खुशी को महसुस गर्नु को साथै “सुखमा पनि सँगै दु:खमा पनि सँगै हामी सबै जिल्ला बाशी” भन्ने सोच लाई सबै जिल्ला बाशी मा पुराउने अठोट गर्नु भयो।
केन्द्रिय समिती का अध्क्ष्य राजु खडका ले फोन मार्फत सबैलाई शुभकामना को साथ मा साथीहरु को जोश लाई सलाम गर्नु भएको थियो। उपस्थिती पदाधिकरी हरुमा लेखनाथ भुसाल उपाध्यक्ष, कमल खड्का कोषाध्यक्ष, नारायण खनाल सह-सचिव, रबिलाल खनाल बरीस्ठ सल्लाहकार, सदस्यहरु मा प्रेम खनाल {क}, केशब भुसाल, कृष्ण भुसाल, बाबुराम पान्डे, किरन भुसाल, यम लाल भुसाल ,दिनेश बस्नेत ,चेत बहादुर बिष्ट ,ज्ञान राज चुदालि , झबिलाल खनाल , प्रेम बहादुर सजेवल , दिलराम पान्डे, जीबलाल भुसाल्, नेत्र कृष्ण बन्जाडे , पदम पन्थी , रिशी राम सजेवल र प्रेम खनाल साथ्मा अन्य साथी हरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।