बारा – त्रिभुवन राजपथ अन्र्तगत बाराको अमलेखगंज ६ अधाभारमा आईतवार बिहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।
मृत्यु हुनेमा सर्लाही नवलपुर निवासी ३० बर्षीय धमेन्द्र महतो रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक जयराम कुईँकेलले जानकारी दिए ।
हेटौडाबाट सिमराको लागी गुडेको ना ३ ख ६१०७ नम्बरको ट्रक बिग्रेर बाटोमै बिहान अढाई (साढे दुई) बजे रोकिए पछि हेटौडाबाट जनकपुर तर्फ जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ठक्कर दिने ना ४ ख ८०४१ नम्बरको ट्रकमा सवार महतोको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकका सह चालक सर्लाही नवलपुरका १८ वर्षीय निरंजन चौधरी र चालक सर्लाही बरहथवा निवासी २३ वर्षीय रामेश्वर महतो घाईते छन् ।
RSS