रसुवामा दुई १७/१८ वर्षीया युवती खोलामा हाम्फालेर बेपत्ता

कृष्ण थापा

 

काठमाडौ  – रसुवामा दुई युवती चिलिमे खोलामा हाम्फालेकी छन् ।

 

गोल्जुङ वडा नम्बर ७ स्यो गाउँकी १७ वर्षीया सोनाम डोल्मा तामाङ र सोही वडाकी १८ वर्षीया सुजिता तामाङ चिलिमे खोलामा हाम्फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


उनीहरु सोमबार दिउँसो रसुवाको चिलिमे वडा नम्बर १ स्थित थाम्बुचेत नजिक बग्ने चिलिमे खोलामा हाम्फालेर बेपत्ता भएको प्रहरी जनाएको छ । खोलामा हाम्फाल्नुको कारण खुल्न आएको छैन ।

 

थाम्बुचेतका असई रामकृष्ण श्रेष्ठको नेतृत्वमा उनीहरुको खोजी कार्य जारी छ ।

 

 

अन्य समाचारहरु