बल बहादुर के.सी
कतार – मातृभूमिका लागि यूवा अभियान कतारले आफना कार्यसमिति सदस्य रिम वहादुर खत्रीलाई कतार बसाईलाई पुरा गरि पून कतार नर्फने गरि नेपाल जादै गरेको अवसर पारेर विदाई गरेको हो ।
उक्त विदाई कार्यक्रममा अभियानका केन्द्रिय सहसचिव नन्द प्रसाद ढुगांना, कतार च्याप्टरका कार्यसमिति पदाधिकारीहरु, पत्रकार, महिला तथा शुभचिन्तकहरुको उपस्थिति थियो । सो विदाई कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सस्थाका अध्यक्ष के.वि. हमालले सस्थालाई कतारमा स्थापना हुदाँको मिति देखि निरन्तर सक्रिय रहनुभएका सहकर्मी खत्रीको योगदानको चर्चा गदै सस्थाले उहाँको योगदान र सकारात्मक सल्लाह सुझावलाई अनुसरण गर्ने र कतार बसाई पछि पनि मातृभूमि नेपालको बसाई पनि उपलव्धिमुलक बनाउन र भविष्यमा पनि सस्थामा आवद्द भई मातृभूमिको समृद्धिको लागि लागिरहन शुभकामना सहित सुभाव दिनुभयो ।
शुभकामना मन्तव्यकै क्रममा केन्द्रिय सहसचिव नन्द प्रसाद ढुगांनाले कतारमा अभियानलाई स्थापित गर्नको लागि खत्रीले पुराएको योगदानको चर्चा गर्दै भविष्यमा पनि संस्थामा आवद्द भएर मातृभूमिको सेवाको लागी जुटन् सुझाव दिदै आगामी दिनहरुको सफलताका शुभकामना व्यक्त गर्नुभएको थियो । विदाई तथा शुभकामना मन्तव्य दिने क्रममा सस्थाका द्धितिय उपाध्यक्ष सविना कुमारी दाहाल, कोषाध्यक्ष विक्रम कार्की, सहकोषाध्क्ष शुशिल पौडेल, सविच जिवन रेग्मी, सल्लाहकार दिपक खड्का अर्थ तथा रोजगार तथा नेपाल पत्रकार महासंघ कतार शाखाका सदस्य चिरन्जीवी तिमिल्सिना, समाजसेवी तथा पत्रकार खगेन्द्र कार्की लगायत उपस्थित सवैले विदाई हुन लाग्नुभएका खत्रीलाई विदाई एवं आगामी दिनको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सस्थाका महासविच कमल खरेलद्धारा सन्चालन गरिएको उक्त कार्यक्रममा सस्थाका केन्द्रिय सहसचिव नन्द प्रसाद ढुगांना र सो विदाई कार्यक्रमका संयोजक प्रथम उपाध्यक्ष भुवन केसी लगायत उपस्थित सवैले सामुहिकरुपमा विदाई हुन लाग्नुभएका खत्रीलाई सस्थागत योगदानको कदर स्वरुप प्रशंसा पत्र प्रदान गर्नुको साथै र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आफना मन्तव्य राख्दै विदाई हुन लाग्नुभएका खत्रीले मातृभूमिको लागी यूवा अभियानलाई आफुले पवित्र सामाजिक सस्थाको रुपमा पाएको र सस्थामा आवद्द भएर मातृभूमिको लागी केहि गर्नुपर्छ भन्ने अभियानमा समावेश हुन पाएकोमा गर्व लागेको भन्दै सवैलाई दुरिले टाढा भएनी सम्वन्ध टाढा हुनेछैन भन्दै सस्थागतरुपमा नेपालमा पनि सक्रिय रहने बताउनुभयो ।
संयोजक प्रथम उपाध्यक्ष भुवन केसीले उपस्थित सवैलाई सस्थाको अवधारणा, पृष्ठभुमि र आगामी योजनाको बारेमा संक्षेपमा बोल्दै विदाई हुन लाग्नुभएका खत्रीले सस्थामा पुराएको सक्रिय योगदान महत्वपूर्ण रहेको भन्दै सस्थागत कृतज्ञता व्यक्त गर्नुभयो र कतार बसाईमा प्राप्त अनुभव सिप र क्षमतालाई नेपालमा गएर उपयोग गर्नका साथै सस्थामा आवद्द भएर मातृभूमिको समृद्दीको लागी सक्रियतालाई निरन्तरता दिन सुझावका साथै भविष्यमा उक्तरोक्त प्रगतिको कामना व्यक्त गदै कार्यक्रमको समापन गर्नुभयो ।