– कृष्ण खनाल
बुटवल । रुपन्देही ठेला व्यवसायी समितिको आयोजनामा मंगलबार बुटवल नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सहर सफा भयो भने हामीहरु स्वच्छ भइन्छ भन्ने नाराका साथ समितिले बुटवल बसपार्क, अस्प्तालाईन, अमरपथ, ट्राफिकचोक, गोलपार्क क्ष्ँेत्रमा सरसफाई गरेको समितिका संयोजक मोतिलाल कंडेलले बताए ।
ठेला व्यवसायीहरुले नगर फाहोर मात्र गरेको भन्ने आरोप आफुहरुलाई आएका नगरलाई सफा राख्ने आफुहरुको पनि कर्तव्य भएको भन्दै आफुहरुले सरसफाई गरेको उनले बताए ।
त्यस्तै ठेला व्यवसायीहरुले गरेको आन्दोलनमा सम्पुर्ण राजनितीक दलले एक्यबद्धता जनाएका छन् । ठेला व्यवसायीहरुलाई बैकल्पिक व्यवस्था दिनको लागि उनीहरुले एक्यबद्धता जनाएको समितिले बताएको छ । त्यस्तै समितिले २७ गते बुटवलमा मसाल जुलुस तथा २८ गते बुटवल बजार बन्द गर्ने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ ।