१५ बुदे माग मागसहित अपाङ्गता भएका व्याक्तिहरुद्वारा मन्त्रीपरिषद्का अध्यक्षलाई ज्ञापन पत्र

– कृष्ण खनाल
बुटवल । राष्ट्रिय अपाङ्ग महासंघका आह्वानमा नेपालका ७५ वटौ जिल्लाहरुबाट  मन्त्रीपरिषद्का अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत मंगलबार  रुपन्देहीमा अपाङ्गता  सम्बन्धी काम गर्ने  विभिन्न संस्थाहरुले ईलाका प्रशासन कार्यालय बुटवलमा मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा क्रियाशिल ८ वटा संघ संस्थाहरुले ईलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख रमेश गौतम मार्फत ज्ञापन पत्र बुझाइएको हो । मंगलबार राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवीबहादर पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
विभिन्न १५ बुदे मागहरु सहित बुझाइएको ज्ञापन पत्रमा स्वास्थ्यका दृष्टिकोणबाट सवैभन्दा संवेदनशील रहेका मानशिक अपांगता, बैद्धिक अपांगता, हेमोफेलीया, मस्कुलर डिष्ट्रोफी, कुष्ठप्रभावित अपाङ्गता, पूर्ण अशक्त अपाङ्गताहरुलाई लाग्ने असाध्यै रोगहरुको उपचार निःशुल्क हुने व्यवस्था मिलाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
 त्यस्तै निर्माणाधिन सडकहरु अपाङ्गमैत्री बनाउन बनाउनको सााथै अस्थाई, करार र ज्यालादारीमा कार्यरत अपाङ्ग शिक्षकहरुलाई स्थाइ गर्ने मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न माग  गरिएको छ । अपाङ्गता अधिकार सम्वन्धी महासन्धी २००६ कार्यान्वयन गर्न शक्तिशाली राष्ट्रिय स्तरको संयन्त्र गठन गरि सोही संयन्त्रको शाखा जिल्ला जिल्लामा गठन गर्नको लागि पहलक गर्न माग गरिएको छ ।
यसको अलवा नीजि तथा व्यपारिक क्षेत्रले अपाङ्गता भएका व्याक्तिहरुको सेवा सुविधा, सशक्तीकरण र अवसर समाननिकरणका लागि लगानी गरेरमा रोजगारी प्रदान गर्ने कार्यमा  संस्थाहरुलाई करमा छुट दिने व्यवस्था गर्नको लागि माग  गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रमेश गौतममले मागहरु उचित भएको भन्दै पेश गरिएको ज्ञापन पत्र  सम्बन्धीत क्षेत्रमा पु

अन्य समाचारहरु