– भुवन के.सी.,
जुलाई ७ , -दोहा – अर्घाखाँची सेवा समाज कतारले विभिन्न निर्णयहरु गर्दै एघारौ नियमित बैठक सम्पन्न गरेको छ । गत ५ जुलाई २०१३ शुक्रवारका दिन अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको वैठकमा संस्थाका सल्लाहकार नारायण खनाल, क्रान्ति सिंह, यूवराज पोखरेल, वेद बहादुर अधिकारी एवं समाज सेवी जितेन्द्र पाण्डे, लगायत सेवा समाजका पदाधिकारीहरु एव कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
वैठक शुभारम्भ भएको जानकारी गराउँदै १० औं नियमित वैठक पश्चात हाल सम्म भएका सामाजिक गतिविधिहरुको संछिप्त जानकारीका साथ वैठकका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्न सचिव विष्णु प्र. भुसाललाई अध्यक्ष युवराज पाण्डेले जानकारी गराएका थिए ।
गणतन्त्र दिवस २०७० को उपलक्ष्यमा सम्माननीय राष्टपति डा. रामवरण यादवज्यूबाट समाज सेवापदक द्धारा विभुषित हुनुभएका संस्थाका सल्लाहकार श्री नारायण प्र. खनालज्यूलाई हार्दिक वधाई ज्ञापन गरिएको थियो ।
कतारमा रहनु भएका अग्रज अर्घर्ााँचीवासीहरुले विगत लामो समयदेखि जिल्लावासी एवं आम नेपालीहरुको पक्षमा कार्य गर्दे आईरहेका सामाजिक कार्यहरुको एैतिहासिक पृष्ठभुमी तथा विगत २००६ मा स्थापित अर्घर्ााँची सेवा समाज कतारको सामाजिक गतीविधिहरुको उच्च मुल्याँकन एवं प्रशंशा गरिएको थियो । सोही अनुसार युवा अगुवा भुवन के.सी र पशुपति श्रेष्ठ लगायत अन्य युवाहरुको सक्रियतामा पून अर्घर्ााँची सेवा समाज कतारलाई सक्रिय वनाई अर्घर्ााँची सेवा समाज कतार २०१२ स्थापना रहेको स्थापना मितिलाई परिमार्जजन गर्दे पुन पहिला स्थापना भएको सेवा समाजको स्थापना मितिलाई नै निरन्तरता दिने समाजको दशौं वैठकको निर्ण्र्ाााई औपचारिकरुपमा अनुमोदन गरेका छ । समाजले गरेको उक्त निर्ण्र्ााई स्वागत गर्दे कतारमा रहेका संपर्ूण्ा अर्घर्ााँचीवासीहरुको साझा संस्थाको रुपमा फराकिलो उद्देश्यका साथ अघि वढ्न सल्लाह दिदै सल्लाहकारद्धय नारायण प्र.खनाल र क्रान्ति सिंहले आ आफ्ना विचारहरु राखेका थिए । सामाज सेवा एक मात्र अभियान हो जसले सच्चा मानिसहरुलाई सदैव विचार र विश्वासको धनि भएर बाँच्न सिकाउँछ उनीहरुको कथन थियो । आ आफ्नो विचार राख्ने क्रममै समाज सेवी जितेन्द्र पाण्डे, प्रथम उपाध्यक्ष भुवन के.सी., सह कोषध्यक्ष राजकुमार श्रेष्ठ लागायत अन्य पदाधिकारी एवं सदस्यहरुले बोलेका थिए । अर्घर्ााँची सेवा समाज कतारको स्थापना मिति आजैका दिन देखि लागु हुने गरि २००६ कायम रहने र यो ऐतिहासिक निर्ण्र्ााेे अर्घर्ााँची सेवा समाजलाई थप बल र उचाई मिलेको कुरा बैठकमा उपस्थित सवैको ठहर थियो ।
कतारमा आई पर्ने विभिन्नखाले सामाजिक एवं मानवीय कार्यहरुमा सक्रियरुपमा कार्य गर्दै आएको अवस्थामा संस्थाको उद्देश्य अनुरुप अगाडी वढ्नेक्रममा जिल्ल्ाामा पनि केही आवश्यक सामाजिक महत्वका कार्यहरु गर्ने लक्ष्यका साथ अर्घर्ााँचीमा एक एम्वुलेन्स सन्चालनको लागि प्रस्तुत भएको प्रस्तावलाई व्यापक छलफल गर्देे एम्वुलेन्स सन्चालनको लागि एम्वुलेन्स सन्चालन उपसमितिको पनि गठन गरिएको छ । उक्त निर्ण्र्ाााई सक्दो छिटो कार्यान्वयनमा लिनको लागि नारायण प्रसाद खनाल संयोजक, क्रान्ति सिंह सदस्य सचिव, सदस्यहरुमा युवराज पाण्डे, जितेन्द्र पाण्डे, भुवन केसी रहेकोे एक एम्वुलेन्स संचालन उप समितिको गठन समेत गरेको छ ।
सोही अनुसार एम्वुलेन्स सन्चालनार्थ आवश्यक अध्ययन गरि कार्यान्वयनको लागि आम स्वदेश एवं विदेशमा रहेका संघ संस्था एवं व्यक्तित्वहरु संग समन्वयन गर्दे अगाडी वढ्न उक्त उप समतिलाई अधिकार प्रयोजन गरेको छ ।
हालै नेपालमा भएको अविरल वर्षा कारण महाकाली नदिमा आएको भिषण बाढी पहिरोबाट भएको ठूलो धनजनको क्षत्रि्रति गहिरो दुख र सहानुभूति प्रकट गर्दै पिडितहरुको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान पनि शुरु गरिएको छ । यो सहयोग अभियानमा सहकार्य गर्नको लागि सस्थाले जिल्लाबाँसी लगायत सवैमा आग्रह पनि गरेको छ ।
सेवा समाजको स्थापना मितिको परिवर्तनका साथमा संस्थाको सामान्य संरचना एवं केही पदमा हेर फेर तथा रिक्त स्थानमा नयाँ महानुभावहरुलाई मनोनयन गरिएको छ । समाजको उद्देश्य प्राप्तीमा सदैव लाग्नुहुने महानुभावहरुलाई अझ जिम्मेवार वनाउँदा प्रभावकारी हुनुका साथै सवैलाई सक्रिय वनाउने अभियानलाई अगाडी वढाउदै सल्लाहकार श्री नारायण प्रसाद खनाललाई सस्थाको संरक्षक, सल्लाहकार श्री क्रान्ति सिंहलाई संस्थाको प्रमुख सल्लाहकार, सल्लाहकार श्री यूवराज पोखरेल एवं समाज सेवी जितेन्द्र पाण्डेलाई संस्थाको विषेश सल्लाकारमा हेरफेर गरिएको छ । त्यसै गरि विगत लामो समय देखि रिक्त रहेको दुइतीय उपाध्यक्षको पदमा सचिवालय सदस्य ठाकुर कुमार परियारलाई, सचिवमा केदारनाथ भुसाललार्इर्र्र्सवसम्मतले चयन गरेको छ । साथै थप गरिएको ५ सदस्यहरुमा क्रमशः बोम बहादर बस्नेत, राम प्रसाद घिमिरे, लाल बहादुर र्घर्तिमगर, शालिकराम चुदाँली तथा माधव भुसाललाई चयन गरेपछि अर्घर्ााँची सेवा समाज कतारको कार्यसमितिको संरचना यस प्रकार रहेको छ ।
अध्यक्ष ः श्री युवराज पाण्डे
प्रथम उपाध्यक्ष ः श्री भुवन के.सीं
द्धितिय उपाध्यक्ष ः श्री ठाकुर कुमार परियार
महासचिव ः श्री विष्णु प्रसाद भुसाल
सचिव ः श्री केदारनाथ भुसाल
कोषाध्यक्ष ः श्री टेकराज थापा
सहकोषाध्यक्ष ः श्री राजकुमार श्रेष्ठ
सचिवालय सदस्यहरुमा ः
१. श्री बाबुराम कोइराला
२. श्री तिलक शारुमगर
३. श्री प्रकाश पराजुली
सदस्यहरुमा
१. श्री दिपक कुवँर २.श्री दिपक नेपाली ३.श्री नारायण राना,४.श्री सुदिप पाण्डे,५.श्री खगेश्वर भुसाल,६.श्री टान बहादुर जि.सी.,७.श्री रुद्र बहादुर महत्रा,८. श्री दधिराम खनाल,९. श्री किशोर के.सी.,१०. श्री कृष्ण शाह, ११. श्री बोम बहादुर बस्नेत, १२. श्री राम प्रसाद घिमिर, १३.श्री लाल बहादर र्घर्तिमगर ,१४.श्री सालिकराम चुदाँली,१५.श्री माधव प्र.भुसाल,
संरक्षक एवं सल्लाहकार समिति
१. संरक्षक ः श्री नारायण प्र.खनाल, २. प्रमुख सल्लाहकार ः श्री क्रान्ति सिंह, ३. विषेश सल्लाहकार ः श्री जितेन्द्र पाण्ड,४.विषेश सल्लाहकार ः श्री युवराज पोख्रेल,४. सल्लाहकार ः श्री नरेश रायमाझी, ५.सल्लाहकार ःश्री बेदराज अधिकारी, ६. सल्लाहकार ः श्री नर बहादुर के.सी., ७. सल्लाहकार ः श्री देवराज थापा
एम्वुलेन्स सन्चालक उपसमिति
१. श्री नारायण प्रसाद खनाल ः संयोजक
२. श्री क्रान्ति सिंह ः सदस्य सचिव
३. श्री युवराज पाण्डे ः सदस्य
४. श्री जितेन्द्र पाण्डे ः सदस्य
५. श्री भुवन केसी. ः सदस्य
अन्त्यमा निकै सौहार्दपर्ूण्ा वातावरण र व्यापक छलफलका साथ वैठक सम्पन्नभएकोमा सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै समाजका अध्यक्ष यूवराज पाण्डेले वैठक समापन भएको जानकारी गराएका थिए ।