विरामीलाई सहयोग गर्न पोर्चुगलमा बनभोज

– बिनोद घिमिरे 
लिस्वन, म्याग्देली हरुको प्रवासी संगठन मोना पोर्चुगल ले  म्याग्दी सिंगा तातो पानी मा Hypo Plastic Anemia रोग बाट पिडित भएकी २६ बर्षीय ओम कुमारी पुन को Bone marrow Transplant को लागि आर्थिक सहयोग गर्ने उद्देश्यले एक बनभोज कार्यक्रम लिस्वनको मनसान्तो पार्कमा सम्पन्न भएको छ।  सेल रोटी, अचार, छयाङ्ग (जाँड) र मासु का परिकार सहित का खानेकुरा हरु बनभोजका आकर्षण रहे।  यसका अतिरिक्त शर्टफुट (छेलो फाल्ने खेल), नगद चिट्ठा, नाचगान उक्त बनभोजमा समावेश थिए।  
अतिथिहरुलाई खादा, रातो टिका र फलफूल को सगुन दिएर स्वागत गरिएको कार्यक्रममा म्याग्देली दिदीबहिनी तथा दाजुभाईले आफैले रचेको स्वागत गान समेत गाएका थिए। सोहि अवसरमा एनआरएन आईसिसि सदस्य पूर्ण हमाल र एनआरएन ए पोर्चुगल अध्यक्ष रमेश कुमार गुरुङ ले मोनाले गरेका कामहरुको प्रशंशा गर्दै कार्यक्रम सफलताको शुभ-कामना मन्तब्य ब्यक्त गरे।
पोर्चुगल स्थित विभिन्न संघ-सस्थाका अध्यक्ष, प्रतिनिधि तथा व्यवशायीहरुले भाग लिएको शर्ट फुट प्रतियोगितामा सबैलाई उछिन्दै युवा व्यवशायी सूर्य हमाल ले प्रथम स्थान हासिल गरेका छन्।  बिजयी हमाल लाई अतिथि गुरुङ ले खादा र नगद पुरस्कार ले सम्मान गरेका थिए। यसैगरी नगद चिट्ठामा रमेश कुमार गुरुङ, नरेश खड्का र टेक बहादुर पुनले क्रमश प्रथम, दोस्रो र तेस्रो बिजेता भई ७५, ५० र २५ युरो हात पारेका छन्।
मोना का अध्यक्ष मान बहादुर पुर्जाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिब मदन कंडेल ले गरेका थिए भने म्याग्दी जिल्लाको प्रसिद्ध स्थलहरु बारेमा बिबिध जानाकारी खिम जुग्जाली ले गरेका थिए।  
पोर्चुगलका सदाबर डिजे तथा मोनाका उपाध्यक्ष सुर्जे भट्टचन को म्युजिक ब्यबस्थापनमा खिम गबुर्जाले सघाएका थिए। प्रचण्ड गर्मिका बाबजुद पनि म्याग्देली तथा गैर म्याग्देलीहरु उल्लेखनिय उपस्थिति रहेको कार्यक्रम नाचगानको रमाइलो गर्दै राति १० बजे सम्पन भएको थियो।