अर्घेली-गुल्मेली मिलेर यूएईमा तीज मनाउने

उमाकान्त पाण्डे गाउंले
यूएईको बर दुबइ स्थित मेट्रो पार्कमा गत शुक्रबार भएको बैठकले अर्घाखाँची संपर्क समिति तथा गुल्मी सेवा समाज मिलेर सामुहिक तीज कार्यक्रम गर्ने योजना बनाएका छन । 
एक महिना पहिला अर्घाखाँची संपर्क समितिले मिले सामुहिक नभए एकल रुपमा भए पनि तीज कार्यक्रम गर्ने निर्णय गरेको थियो । तर सामुहिक प्रयास सफल भएपछि भने स्थान तिथी मिती तोकेर तिज कार्यक्रम गर्ने सार्वजनिक गरेका हुन ।  
कार्यक्रम अगस्ट ३० तारिक शुक्रबार बरदुबईको ईम्फेरियल स्वीट होटलमा हुने बताईएको छ । 
कार्यक्रम गर्ने सम्बन्धमा एक महिना पहिले बाट गृहकार्य गरिएको थियो । जसका लागि समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र वरिस्ठ सल्लाहकार रविलाल खनालको प्रमुख आतिथ्यता तथा महासचिव चिरन केसीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
अर्घेली अझै सगंठित बन्दै 
बैठकमा यूएईका सबै क्षेत्रबाट जिल्ला बासीको उपस्थिती बाक्लो थियो । उपस्थित सबैले समाज प्रति सकारात्मक धारणा राखेका थिए । दैनिक अर्घेलीहरु यूएईमा आउने क्रम बढेको र आउने सबै समाज प्रति सहयोगीको रुपमा उभिने सकेंत गरेका थिए । 
जसले जहाँ बाट सहयोग गरे पनि समाज लाई केही गर्न पर्छ भन्ने मान्यता सबैमा भएकोले समाजलाई अगाडि बडाउन सजिलो भएको समितिका अध्यक्ष राजु खड्काले बताए । 
 
अर्घाखाँची जिल्ला बासीलाई रोजगार , व्यवसाय तथा सिक्षामा सहयोग गर्न समिति तल्लिन भएको र आगामी दिनमा पनि यस् लाई निरन्तरता दिने खड्काको भनाइ थियो । 
कार्यक्रममा केन्द्रिय समितिका उपाध्यक्ष धुर्ब केसी, कोषाध्यक्ष अर्जुन खड्का , आबुधाबी क्षेत्रिय समितिका उपाध्यक्ष   हिमेन्द्र केसी, दुबइ क्षेत्रिय समितिका अध्यक्ष मनोज गैरे लगायत केन्द्रिय समितिका सदस्यहरु रामु घिमिरे,पुष्पा केसी लगायत सदस्य तथा जिल्ला बासीको उल्लेख्य सहभागित थियो । 
कार्यब्यस्तताका बाबजुत समाजलाई समय दिएर उपस्थित भएकोमा सबैलाई धन्यवाद दिदै दु:ख सुखमा सगै हुन जिल्ला बासी एक भएर अघी बड्न समितिका सल्लाहकार रवीलाल खनालले अनुरोध गरेका थिए । 
यूएईमा छोटो समयमा अर्घाखाँची बासीले नमुनाको रुपमा बिभिन्न कार्य गर्दै आएको र अझै सम्युत्त रुपमा सहयोगी भावनाले लागि पर्न महासचिव चिरन केसीले सबैलाई अनुरोध गरेका थिए ।