राजु खडका, यु ए ई
हिजो शुक्रबार बार दुबइ को मेट्रो पार्क मा स्याङ्जा बानेथोक देउराली सेवा समाज यु ए ई को दोस्रो मासिक भेला केशर जङ अधिकारी अध्क्ष्यता मा सम्पन्न भयो। परदेश मा बसेर देश अनी गाउ को बिकास अनी सहयोही हात हरु जोडने क्रम तिब्र रुपमा रहेको नेपाली हरु को भावना कदर गर्ने योग्य छ्।
टन्टलापुर घाम मा पसिना निथ्रुक्क भयता पनि भावना अनी जोश लिएर उपस्थित हुनु भएका समाज प्रेमी स्याङ्जा बानेथोक बाशी परदेशीहरु ले समय मिलाएर यु ए ई को बिभिन्न क्षेत्र बाट उपस्थिती जनाउनु भएको थियो । आफुले सक्दो सहयोग अनी आफ्नो सानो योगदान ले अरुको जीवन को रक्षा अनी भिबिस्य उज्जल हुन्छ भने किन पछी हटने भन्ने सकारत्मक बिचार लाई एक मुस्ठ गर्ने उक्त समाज को बिशेषता छ्। आफ्नो परदेश को भोगाई मा देखे अनी सहेका पिडा हरु आफ्नो गाउले हरुले अब भोग्न नपरोश , उनिहरुको हरेक पसिना आफ्नो गाउ ठाउँ को बिकास को लागि बगोस भन्दै रकम सन्कलन गर्न लागेका छन। बानेथोक देउरालीमा बिकास का पूर्वधार हरु खोजी सामुहिक सहयोग मा आफ्न हात हरु सदैभ अग्रज रहने उक्त भेला को सामुहिक आवाज थियो।
स्याङ्जा बानेथोक देउराली सेवा समाज यु ए ई का सचिब ले सन्चालन गर्नु भएको कार्यकर्म मा उपस्थित पदाधिकारी हरुले आफ्नो आफ्नो बिचार सुझाब अनी भाबी योजना को बारेमा बिषय बस्तु हरु खोल्नु भएको थियो। यु ए ई स्थित सामाजिक सँग संस्था मा कृयाशिल रहनु भएका अर्घाखाँची संपर्क समिती यु ए ई का अध्क्ष्य राजु खडका प्रमुख अतिथी रहनु भएको थियो। स्याङ्जा बानेथोक देउराली सेवा समाज यु ए ई लाई समाज लाई सामाजिक हक हित को लागि मात्र प्रयोग गर्नु पर्छ भन्ने बिचार राख्दै सदैभ समाज प्रेमी को साथ दिने मा विश्वाश दिलाउनु भएको थियो। गर्मी बर्षा जे भये पनि हाम्रो यात्रा निरन्तर चलिरहे छ् र एस्ले छिट्टै नै जिल्ला बिकास मा सहयोग पुराउने छ भन्दै सभापत्तिव गर्नु भएका अध्क्ष्य केशर जङ अधिकारी ले कार्यकर्म समापन गर्नु भएको थियो।