अर्घाखाँची डट्कम, दिल्ली । लुम्बिनी – अर्घाखाँची समूह ( भारत ) को नियमित भेला भारतको राजधानी नई दिल्लीमा सम्पन्न भएको छ।
संचालन सचिप बिष्णु केसीले गरेको उक्त कार्यक्रमको अद्क्ष्यता संस्थाका अदक्ष्य दिपक जिसीले गरेका थिए ।
संस्थाका बरिष्ठ सदस्य नारायण बिकेले स्वागत मन्तब्य राख्दै उपस्थित कार्यक्रममा स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाको आय- ब्यय संस्थाका कोषा – अदक्ष्य बिके कृष्णले आर्थिक पर्तिबेदन पेश गरि उठेका सम्पूर्ण बिषयहरुलाई आफ्नो मन्तब्य राख्दै प्रस्ट परेका थिए ।
कार्यक्रममा अर्घाखाँची लगायत विभिन्न जिल्लाबाट सयौको संख्यामा उपस्तित रहेको थियो भने उपस्थित सबै प्रबासी नेपालीहरु एक आपस भेटघाट गर्न पाउदा अत्यन्त हर्सित थिए ।
संस्थाले आगामी दिनहरुमा भारतमा बस्ने अर्घाखाँची प्रबासी नेपालीहरुलाई एकजूट गर्न बिसेष अभियान ल्याउने संस्थाका महा-सचिप जयप्रकाश खनालले बताए ।
त्यस्तैगरी संस्थाको भेलामा अन्तरराष्ट्रिय अर्घाखाँची सम्पर्क मंचका अदक्ष्य राजु खड्काले सम्पूर्ण प्रबासी अर्घाखाँचीकोलाई स्काइपिबाट बधाई दिएका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।