सिरहाको इँटाटारबाट महोत्तरी तर्फ जाँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ। महोत्तरीको एक मन्दिरमा बलि चढाउन हिँडेका दर्शनार्थीहरुलाई बोकेर जाँदै गरेको सो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भने एक दर्जन घाइते भएका छन्।
ना४ त ४७४३ नम्बरको ट्यक्टर सिरहाको कर्जनाह-६ मा पुगेपछि आज बिहान ३ बजे चालक निदाएर ट्याक्टर पल्टेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले बताएको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा इँटाटार-३ का ३५ वर्षीय मुकेश यादव, सोही गाउँ ४ नम्वर वडाकी ४० रामसखीदेवी यादव र जिझोल-३ की ४० गुलावदेवी यादव छन्।
घाइतेहरुको मिर्चैयास्थित मिर्चैया नर्सिङ होम र कर्जनाहस्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको जिप्रका एसपी मनोज न्यौपानले बताए ।
दुर्घटनापछि चालक फरार रहेको र यसको खोजी कार्य भइरहेको उनले बताए ।
RSS