पहिरोमा पुरिएर रोल्पाको प्रहरी चौकी जुगारमा कार्यरत प्रहरी सहायक निरीक्षकको मृत्यु

रोल्पा  । गएराति पहिरोमा पुरिएर रोल्पाको प्रहरी चौकी जुगारमा कार्यरत प्रहरी सहायक निरीक्षक वेदकुमार चौधरीको मृत्यु भएको छ । 

कार्यालयको काममा सल्यानको बाटो हुँदै दाङ जाने क्रममा सल्यानको धनबाङ गाविसको कपुरकोटमा पहिरोले सडक अवरुद्ध भएपछि गाडी रोकेका बेला बाहिर निस्केका चौधरीलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।
 गाडीमा रहेका अरु यात्रु भने सकुशल छन् । चौधरी करिब सात महिना यता रोल्पाको जुगारस्थित प्रहरी चौकीमा कार्यरत थिए ।
Agencies

अन्य समाचारहरु