कालिकोटमा एक महिनादेखि विद्युत सेवा ठप्प हुंदा सर्वसाधारण मारमा

कालिकोट । कालिकोटमा एक महिनादेखि विद्युत सेवा ठप्प हुंदा सर्वसाधारण मारमा परेका छन् भने अस्पताल र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ ।
कालिकोटको मुम्र्मा गाउं विकास समितिमा रहेको पोदमारा जल बिद्युत केन्द्रमा गत असार ३ गते गएको पहिरोले टरवाइन पुरेपछि विद्युत उत्पादन बन्द भएको हो ।
 बिजुली बन्द हुंदा सदरमुकाम मान्मा लगायत ७ वटा गाविस अन्धकार बनेको छ जिल्लामा सरोकारबाला निकायले चासो नदिंदा जेनेरेटरको भर परेका सर्वसाधारणले एक थान फोटोकपी गरेको १० रुपैयां तिर्नुपरेको छ ।
RSS

अन्य समाचारहरु