अर्घाखाँची प्रवासी समाज बहराइनको बिशेष भेला सम्पन्न

सुर्य थापा / राजु खडका


मनामा, बहराइन । मनामाको मुस्कान रेस्टुरेन्टमा बसेको अर्घाखाँचीबासीहरुको सामाजिक सस्था अर्घाखाँची प्रवासी समाज बहराइनको बैठक विभिन्न निर्णय तथा छलफलका साथ सम्पन्न भएको छ। अध्यक्ष करन थापाको अध्यक्षतामा बसेको सो बैठकमा सस्थाका महासचिब केशब थापाले संचालन गर्नु भयको थियो। अर्घाखाँचीबासीहरुको व्यापक उपस्थिति रहेको सो बैठकमा सस्थाका गतिविधि र बर्तमान स्थितिको बारेमा प्रकाश पार्दै अध्यक्ष करण  थापाले सवै जिल्लाबाँसीहरु समावेश गरी यस सस्थालाइ बलियो ढंगबाट आगाडी लैजान अर्घाखाँचीबाँसीहरुलाई आग्रह गर्नुभयो ।

 


 

बर्तमान समय मा बिभिन्न सँघ संस्था सँग सहकार्य गर्दै आएको अर्घाखाँची प्रवासी समाज बहराइनले बहराईन मा रहेको नेपाली क्लब सँग पनि राम्रो सम्बन्ध राख्दै आएको छ्। समय अनुसार समिती का केही साथी हरु नेपाल फर्कने कार्य पनि जारी रहेको हुँदा रिक्त स्थान मा कृयाशिल साथी हरुलाई थपिनु का साथै नयाँ सदस्य हरु जोडन काम पनि तिब्र भएको बरीस्ठ सल्लाहाकार सुर्य थापा ले जानकारी दिनु भयो।

युवाहरु को जोश दिन प्रतिदिन बढदै गएको को खुशी ब्यक्त गर्दै उपाध्यक्ष युबराज खत्रिले सचिबमा राजकुमार सन्तोषी, सहसचिब दिनेश भाट,कोषअध्यक्ष रामु खनाल सहकोषअध्यक्ष शिव थापा, सदस्यहरुमा आनमोल थापा ,बिष्णु नेपाली ,रिखु बस्नेत ,देव थापा ,धन प्रसाद भुसाल ,केशव दंगेल ,चिरेंजिवी खत्रील तथा सल्लाहकार पशुपति श्रेष्ठ,कृष्ण बस्नेत,राम भट्टराई, कृष्ण गैरे, रामु सेज्वाल लाई शुभकामना का साथ अर्घाखाँची जिल्ला को नाम लाई सकारात्मक हिसाब ले बहराईन मा चिनाउन अनुरोध गर्नु भएको थियो।


सोही बैठक बाट खेलकुद लाई समेत निरन्तरता दिन का निम्ती राम चन्द्र सोमै र रिखे बस्नेत को समिती तयार गरिनु का साथै सस्क्रिती टोली को जिम्मा अनमोल थापा लाई दीइएको छ्।


टाढा टाढा बाट पसिना निथुक्क भएर पाल्नु भएका पदाधिकारी हरु ले हरपल आफुले सक्दो स्थान बाट नेपाल र नेपालीको लागि सक्दो सहयोग को साथमा  सस्क्रिती, भाषा आदी लाई चिनाउन लाग्ने विश्वाश दिलाउनु भयो। लामो समय पछी एसरी होटेल को छत मुनी अर्घाखाँची जिल्ला बाशी साथी हरु सँगै बसेर मन का दु:ख सुख बाडनु को साथै आफुले जिल्ला बिकास अनी अरु को कसरी काम आउन सकिन्छ भन्ने बिषय एक जुट हुन पाउदा खुशी ले प्रफुल्लित भएका थिए।