यूएईमा एक नेपाली महिलाको सडक दुर्घटनामा ज्यान गयो

उमाकान्त पाण्डे गाउंले 
दुबइ –  सम्युत्त अरब एमिरेट्स यूएईको फुजेरामा एक नेपाली महिलाको मृत्‍यु भएको छ । खोटाङ दित्तेल ६ नेर्पा की अनीता राइको यूएईको फुजेराह राज्यमा सडक दुर्घटनामा परी शनिबार ज्यान गएको हो । 
गत ६ बर्ष अघि देखी युएईमा रहेको इम्याक्स इलोक्ट्रोनिक्स कम्पनीमा सेल्स लेडिजको रुपमा कार्यरत ३० बर्षिय राइको सडक पार गर्ने समयमा विपरित दिशा बाट आएको सवारी साधनले ठक्कर दिदा घटना स्थलमै ज्यान गएको हो । 
यसै बिच राइको सडक दुर्घटनामा ज्यान गएको खबर प्रति किरात राई यायोक्खा युएई अबुधाबी क्षेत्रिय समिति मुसाफाका अध्यक्ष धनिन्द्र राईले एक प्रेश बिज्ञप्ति मार्फत शोक व्यक्त गर्दै उनको आत्मा शान्तिको कामना तथा यस्तो दुखत घडीमा परिवारमा धैर-धारणा गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन ।