नातिबाबु भट्ट
कोलोराडो, अमेरीका – नेपालीहरुको साझा संस्था नेपालीघरको नयां कार्यसमितीका सवै पदाधिकारीहरु निर्बिरोध चयन भएका छन् ।
यसरी चयन हुने मा क्रमश अध्यक्ष्य, उपाध्यक्ष, सचिव र कोषाध्यमा नारायण श्रेष्ठ, मोहनराज मिश्र, योगराज गौतम, महेशकुमार श्रेष्ठ, रहेका छन् । त्यसैगरी अन्य पदाधिकारीहरुमा पब्लिकरिलेसन अफिसर कुमारजंग कार्कि, टेक्निकल अफिसर निर्मल श्रेष्ठ, कम्यूनिकेसन अफिसर नातिबाबु भट्ट, कल्चर सेक्रेटरी लक्ष्मण गुरुङ्ग छन् । त्यस्तै बोर्डअफ डिरेक्टरमा बन्दना कार्कि, जगदिश चन्द्र ढकाल, लिलानाथ ढुङ्गाना, शुरेसचन्द्र प्रधान रहेका छन् ।
नेपालीघर बोर्ड अफ डिरेक्टरको मार्च ३० मा बसेको बैठकले भिष्मजित प्रधान, भूषण श्रेष्ठ, रबि पोख्रेल रहेको ३ सदस्य निर्वाचन कमिटी गठन गरेको थियो । समितीले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार जुलाई ११ देखि १४ सम्म पदाधिकारीको लागि दरखास्त दिने, १५ देखि १८ सम्म दाबि बिरोध तथा दरखास्त फिर्ता, १९ मा उमेद्धारहरुको अन्तिम नाम घोषणा र २७ मा चुनाबको कार्यतालीका प्रकाशित भएपनि सबै पदको लागि एक एक जनाको मात्र उमेद्धारी परेको कारण गत शनिबार सबै पदाधिकारीहरु निर्बिरोध चयन भएको कमिटीका अध्यक्ष भिष्मजित प्रधानले जानाकारी गराएका हुन ।
जन्मभूमी देखि धेरै टाढा कर्मभुमीमा हुर्के बढेका आङ्खना सन्ततीलाई नेपाली संस्कृतीको पहिचाहन गराउन, नेपाली समुदायमा परंपरादेखि चल्दै आएको रिती रिवाज,बिहे ब्रतबन्ध, पूजाआजा जस्ता हरेक क्रियाकलाप एकै स्थानबाट सञ्चालन गर्ने गरीे नेपाली घर निमार्ण गर्ने उद्धेश्यको साथ संस्था निर्माण गरिएको हो । सबै किसिमका जात, जाती भाषा,भाषी र भेष भुषा तथा सांस्कृती पहिचाहानको केन्द्र बिन्दुको रुपमा यसलाई अगाडी बढाईने संस्थाको दिर्घकानीन लक्ष्य रहेको छ । नेपाली पहिचाहन झल्कने यस घरबाट नेपाली संस्कृती संरक्षणमा ठुलो टेवा पुग्ने दाबी छ ।
यस संस्थ्ँँम्ँँ हाल ४६ जना आजिबन सदस्य र १ सय भन्दा बढि साधारण सदस्य रहेका छन् ।