अबैधरुपमा अमेरिका छिर्न खोजेको भन्दै १० जना नेपालीलाई मेक्सिकोको चियापास राज्यमा पक्राउ

Migrants exit from the back of a truck. Mexican officials report that nearly 100 migrant workers were crammed into the back of the vehicle.

 

अबैधरुपमा अमेरिका छिर्न खोजेको भन्दै १० जना नेपालीलाई मेक्सिकोको चियापास राज्यमा पक्राउ गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरुलाई मेक्सिको प्रहरीले सोमबार राति पक्राउ गरेको हो । नेपालीसँगै ९ जना बंगलादेशी पनि पक्राउ परेका छन् ।

एकै लटमा ९४ जना पक्राउ पर्नेमा १९ जना एसियाली मुलुकका र अरु ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका रहेको बताइएको छ । अध्यागमनमा राखिएको स्कान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेको फेला परेको बताइएको छ ।


अधिकारीहरुले उनीहरु निकै अमानवीय अबस्थामा ट्रकमा लुकेर जान लागेको अबस्थामा भेटिएको जनाएका छन् । ग्वाटेमालाबाट अमेरिकातिर लागेका उनीहरुलाई लैजाने ट्रक ड्रइभरलाई प्रहरीले पक्रेको छ । अमानवीय र यातनापूर्ण तरिकाले बसेका धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वासप्रश्वासमा समस्या भएकाले कतिपय बिरामी परेको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ ।


भारतीय बाटो हुँदै नेपालीहरु दलाललाई बीसौं लाख रुपैयाँ बुझाएर अबैध तरिकाले दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने तयारीमा रहेको पनि खबर छ ।

 

RSS