कीर्तिपुर – कीर्तिपुरस्थित कीर्ति महिला छात्रावासमा बस्दै आएकी २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छन्।
ओखलढुङ्गा घर भई २०६९ मङ्सिरदेखि उक्त छात्रावासमा बस्दै आएकी दीपा दाहालको शव छात्रावासको कोठामा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।
हाल मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको साथमा मृत्यु पत्र (सुसाइड नोट) पनि फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए।
RSS