पोखरा घुम्न आएका एक भारतीय पर्यटकको होटलको कोठा भित्र मृत अवस्थामा भेटिए

शिव शर्मा
कास्की  – पोखरा घुम्न आएका एक भारतीय पर्यटकको होटलको कोठा भित्र मृत अवस्थामा भेटिएका छन् ।
भारत मध्यप्रदेशन इन्दोरका  २८ वर्षीय निलेश नामदेव पोखरा पि्रन्स होटल ड्याससाइडमा  बुधबार बिहान मृत भेटिएका हुन् ।  दुई दिन  अघि काठमान्डौ हुँदै घुम्नका लागी पोखरा आएका  उनले  पोखराका महत्वपुर्ण स्थलहरुको अवलोकन गरेका थिए ।
दुई दिन देखि होटलमा बस्दै आएका निलेश होटल कर्मचारीले बिहान कोठा सफा गर्ने बेलामा उनलाई मृत अवस्थामा फेला पारेका हुन । मृत्त भेटेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।  
राती  अधिक मदिरापान गरेका  निलेश उच्च रक्तचापका बिरामी  भएका कारण मुत्यु भएको हुन सक्ने होटल संचालक बाबुराम पाण्डेले जानकारी दिएका छन् । 

अन्य समाचारहरु