धादिङ । पृथ्वी राजमार्गस्थित जोगिमारा प्रहरीले सवारी चेकजाँचको क्रममा आज ३ सय भन्दा बढी चरासहित एक भारतीयलाई पक्राउ गरेको छ ।
३ सय मुनिया र ८ ओटा सुगा विक्री गर्नका लागि सर्लाहीको मलंगवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा भारतीय पक्राउ परेका हुन् ।
बरामद गरिएका पंक्षीलाई जिल्ला वन कार्यलयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
RSS