– बिष्णु खत्री
दिल्ली, भारत – अखिल भारत नेपाली एकता मंञ्च वैध्य समूहले दिल्लीको जन्तरमन्तरमा निर्वाचन बहिष्कार धोषणा सभा समपन्न गरेको छ। संगठनका नेताहरु मोति गौतम, गोपाल कुँवर, सेन आजाद गोर्खाली लगायतले नेतृत्व गरेको सो कार्यक्रम विहिबार दिउँसो एक बजे नारा जुलुस सहति सुरु भएर कोण सभामा परिणत भएको थियो।
संगठनले आफ्ना मांगहरु नेपाली राजदूतावासको माध्यमबाट नेपाल सरकार सम्म पुर्याउन ज्ञापन पत्र पनि बुझाएका छन्। भारतीय सुरक्षा निकायहरुको कडा चौकसीका बिच सम्पन्न उक्त कार्यक्रहरुलाई सम्बोधित गर्दै वक्ताहरुले खिलराज सरकार कठपुतली रहेको र यसले राष्ट्रघाती कदम चालेमा निकै आक्रोश पोखेका थिए। वक्ताहरुले आफुलाई वास्ता न गरी बन्दुकको जोरमा जनतालाई ठग्ने निर्वाचन गराउन खोजे आफुहरुलाई मान्य नहुने भन्दै, प्रतिकारमा नेपाली जनता उत्रेमा घटने घटनाको जिम्मेवार चार राजनैतिक दल र कठपुतली सरकारले नै लिनु पर्ने चेतावनी दिएका थिए। संगठनले आधिकारीकरुपमा भारत सरकार समक्ष पनि हस्तक्षेप न गर्न, जनता ढाँटने निर्वाचनलाई सहयोग न गर्न आग्रह गरेका थिए।
वक्ताहरुले नेपाल भारतका जनता एक आपसमा गहिरो सम्बन्ध रहे पनि सरकारी हस्तक्षेपले फाँटो ल्याउने काम गरेको भन्दै आफ्नो गल्ती तत्काल सच्चयाउन आग्रह् गरेका थिए। उनीहरुले आफुहरु भारतको विरोधी न भएर भारतीय हस्तक्षेपकारी शासकहरुको विरोधी रहेको उल्लेख गर्दै, करौंडो का हतियार र सरसाधन