पोखरामा उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर १९ बर्षीया युवतीले युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर आत्महत्या गरिन

लालप्रसाद शर्मा
पोखरा – उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर एक युवतीले युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर आत्महत्या गरेकी छिन ।
मोबाईलको कुराकानीपछि ड्यामसाईडको एक गेष्ट हाउसमा भेटघाट गर्न पुगेकी तनहुँ दुलेगौंडाकी १९ बर्षीया रुपा मगरले स्याङजाका २० बर्षीय त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरी आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजना बिहीबार दिउँसो अशोक गेष्ट हाउसमा पुगेर चिसो मगाएर खाएका थिए । त्यसपछि गेष्ट हाउसमा कोठा लिएर भित्र पसेको १०/१२ मिनेटपछि युवक शर्माले मलाई खुकुरीले हानी साहुजी तपाईलाई पनि हान्न सक्छे भन्दै बाहिर निस्किएका थिए । संचालकले तत्कालै प्रहरीलाई खबर गरी घाईते शर्मालाई अस्पताल पठाउने चाँजो मिलाएका थिए ।
लगत्तै पुगेको प्रहरी उनीहरु बसेको कोठामा जाँदा भित्रबाट चुकुल लगाएको भेटिएपछि झ्यालबाट हेर्दा युवती सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । ‘ढोका फोडेर हेर्दा युवतीको मृत्यु भैसकेको थियो’, खड्काले भने ।
घाईते शर्माको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरी श्रोतका अनुसार घाईते शर्माले प्रारम्भिक बयानमा युवतीलाई बिहीबारमात्रै चिनेको र यसअघि कहिल्यै भेट नभएको बताएका छन । 

अन्य समाचारहरु