जाजरकोट – खोलाले बगाउँदा जाजरकोटमा दुईजनाको मृत्यु भएको छ । दुई घाइते छन् ।
भगवती २ सिमखोली स्थित दलबहादुर बस्नेत र बीरबहादुर बस्नेतको पानी घट्टमा अनाज पिस्न गएका बेला बिहीवार राति आएको वर्षाले सोही गाबिस ५ का २४ बर्षीय गीता बस्नेत र १२ का गोपाली बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले बताए ।
वडा नम्बर १ की ४५ वर्षीय पानसरी बस्नेत र २ की ४० वर्षीया कमला खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
RSS