नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ५८ औं बर्ष गाठमा लुम्बिनीमा वृक्षारोपण

रुपन्देही – नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ५८ औं वार्षिकोत्सव अवसरमा आज लुम्बिनीमा वृक्षारोपण गरिएको छ। नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा आयोजित वृक्षारोपण कार्यक्रममा नेपालका लागी चिनिया राजदूत ऊ चुन्ताई र परराष्ट्र तथा गृह मन्त्री माधव प्रसाद घिमिरेले बृक्षरोपण गर्नु भएको थियो। 
बृक्षारोपन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले लुम्बिनी नेपाल लाई चिन लगायत अन्य राष्ट्रहरुसंग जोड्ने सेतु भएको बताउदै लुम्बिनीको बृहतर विकासको लागी अन्तर्राष्ट्रिय क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। 
कार्यक्रमका मुख्य अतिथि चिनिया राजदूतले नेपाल चीनको सच्चा मित्र भएकोले नेपालले शान्ती ,स्थिरता र विकासका लागी खुलेर सहयोग गर्ने बताउनु भयो। राजदुत चुन्ताईले नेपालि र चिनिया जनता विचको सम्बन्ध प्रगाढ बनाउन लुम्बिनी र नेपाल चिन मैत्री समाजले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भयो। 
संस्कुतिविद प्रा.डा. गीतु गिरीले प्राचीनकालदेखि बिभिन्न चिनिया विद्वानहरुले लुम्बिनीको भ्रमण र प्रचार प्रसार गरेको चर्चा गर्दै गौतमबुद्धकालिन सम्पदाहरु हराउदै गएकोले समयमा नै त्यसको खोजी र संरक्षण गर्न चीनको सहयोगको आशा गरेको बताउनु भयो। 
 
मैत्री समाजका अध्यक्ष नारायण सापकोटाको सभापतित्व र महासचिव गोबिन्द प्रसाद रेग्मीको संचालनमा आयोजित कार्यक्रममा कालिका उच्च मावि बुटवलका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। 
Your image is loading...
कार्यक्रमपछि पत्रकार संग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री माधव प्रसाद घिमिरेले संबिधान सभाको निर्वाचन नेपालि जनताको चाहना र देशको आवस्यकता भएकोले कसैले रोक्छु भन्दैमा चुनाव नरोकिने बताउनु भयो। 

अन्य समाचारहरु