बिशालु सर्पले ओछ्यानमै टोकेर बाराको कलैयामा एक १२ वर्षीया बालिकाको मृत्यु

पवन यादव

 

बारा – बिशालु सर्पले टोकेर शुक्रबार राति जिल्ला सदरमुकाम कलैयामा एक बालिकाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा भारत मोतिहारी मथुरापुर घर भई हाल कलैया ५ पन्नाबागमा कोठा भाडामा लिई बस्दै आएका महेश साहकी १२ वर्षीया छोरी रिंकी कुमारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


राति १० बजे खाना खाएर घरमा सुतेकी रिंकीलाई ओछ्यानमै सर्पले टोको मृतककी बुआ महेशले बताए ।
सर्पले छोरीलाई टोकेको आफूहरुले नदेखेको उनले बताए । छोरीले राति करबि पौने एक बजे तीर्खा लाग्यो भन्दै पानी मागे पछि उसलाई पानी दिएका थियौं उनले भने ।


पानी खाएको केही बेरमै बेहोस भएकी छोरीलाई कोठाबाट करीब पाँच मिनेटको पैदल दूरीमा रहेको जिल्ला अस्पताल कलैयामा पुर्याएका थियौं उनले बताए ।


अस्पताल पुर्याईएकी रिंकीको बाटोमै मृत्यु भएको चिकित्सकले बताएका थिए । रिंकको मृत्युको कारण खोज्दै जादा उनको दाहिने खुटाको पैतालामा विशालु सर्पले टोको चिन्ह देखिएको अस्पतालका आकस्मिक कक्षका चिकित्सक रामानन्द यादवले बताए ।


छोरीलाई टोकेको सर्प फर्केर जाँदा ओछयानमै लुकेर बसेको फेला परे पछि उसलाई मारेर गाडिएको उनले बताए ।

अन्य समाचारहरु