काठमाडौंमा दुध बोक्ने ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु

काठमाडौं – दुध बोक्ने ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ। गुर्जुधारामा भएको दुघर्टनामा दुई वर्षीया अनुश्री र उनकी आमा शर्मिला अमात्यको मृत्यु भएको हो।

प्रहरीका अनुसार कंलकीबाट थानकोटतर्फ जादै गरेको ना.३ ख ८८८० नम्वरको ट्याङकरले बा.४० प ६८०१ नम्वरको मोटरसाइकललाई गुर्जुधारामा ठक्कर दिएको थियो।

 

ठक्करबाट मोटरसाइकल चालक उत्तम अमात्य र पछाडि बसेका ३३ बर्षीया पत्नी शर्मिला अमात्य र २ बर्षीया छोरी अनुश्री घाइते भएका थिए।

 

उनीहरुलाई उपचारको लागि बयोधा अस्पताल बल्खु लगिएका थियो। उपचारकै क्रममा शर्मिला र अनुश्रीको मृत्यु भएको थियो।  प्रहरीले ट्याङकर र चालकलाई नियन्त्रणमा लिएको छ।

 

नागरिक

अन्य समाचारहरु