पोखरा । पोखरा उपमहानगरपालिका दुई ठाउँमा बर्ड फ्ल्यू भेटिएको छ । पोखराको लामाचौर र हनुमान टोलमा संचालित कृषकका फार्ममा बर्ड फ्ल्यू भेटिएको हो ।
बर्ड फ्ल्यू भेटिएका कुखुराहरु नष्ट गरिसकिएको छ । लामाचौरका रोशन पुनको गरबुर्जा फ्रेस हाउसबाट २७ वटा कुखुरा, ६ सय ९० वटा अण्डा, ५ किलो दाना र हनुमान टोलका शिव बहादुर पौडेलको फर्मबाट १२ वटा कुखुरा, एउटा हाँस र १२ वटा अण्डा नष्ट गरिएको क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक वंशीधर मिश्रले जानकारी दिए ।
कुखुरा नष्ट गर्न जिल्ला पशु सेवा कार्यालय कास्कीको प्राविधिक टोली खटिएको थियो । केही दिन अगाडिदेखि उनीहरुको फार्ममा कुखुरा मर्न थालेपछि परिक्षण गर्दा वर्डफ्ल्यू भेटिएको थियो ।
पाँच महिना अघि पोखराको सेदी, विरौटा, सराङ्गकोट, सिम्पानी लगायतका ठाउँमा पनि बर्ड फ्ल्यू भेटिएको थियो ।
RSS