नवलपासीको बुलिगंटार जाँदै गरेको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमा मृत्यु

कावासोती  । नवलपासीको कावासोतीबाट बुलिगंटार जाँदै गरेको जीप अर्खलाको बोझापोखरीमा दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । अर चार जना घाईते भएका छन् । पहाडी गाविसको चिप्लो बाटो भएकाले जीप चिप्लिएर एक सय ५० मीटर तल भीरमा खसेको थियो । 
दुर्घटनामा शिबमन्दिर ३ बस्ने प्रकाश बस्याल र शिबमन्दिर ६ बस्ने नन्दु न्योेैपानेको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परि बुलिगंटार १ का मणिराम तिवारी, सुशन तिवारी, शिबमन्दिर ३ का राम्जी केसी र राजकुमार सिग्देल घाईते भएका छन् ।
 घटनास्थल कावासोतीबाट झण्डै २० किलोमीटर उत्तरमा पर्छ । घाईते सबैको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
RSS

अन्य समाचारहरु