सुर्खेतबाट जुम्ला जाँदै गरेको मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोट । सुर्खेतबाट जुम्ला जाँदै गरेको मालबाहक ट्रक गएराति जुबिठाँ १ टिम्बुरेभीरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा दाङ तुलसीपुरका चालक सन्तोष चौधरी र कास्की हंसपुरका राजेन्द्रप्रसाद न्यौपाने छन् ।
ट्रकका सहचालक राजु विक गम्भीर घाइते भएका छन् । कच्ची बाटोमा ट्रक अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
RSS

अन्य समाचारहरु