– भुवन केसी
दोहा, कतार – अर्घाखाँची सेवा समाज कतारको १२औ नियमित मासिक बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । अध्यक्ष यूवराज पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु लगायत अर्घाखाँचीबाँसीहरुको उपस्थिति थियो ।
दोहाको जैदापार्कमा करिव ३ घण्टा सम्म चलेको उक्त बैठकमा विगत केहि समय पहिला नेपालको महाकाली नदिमा आएको बाढिको प्रकोपबाट पिडित भएकाहरुको सहयोगार्थ कतारमा अर्घाखाँची सेवा समाजद्धारा सन्चालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्र्तगत सवै संकलनकर्ताहरुले संकलन गरेको एकमुष्ट १ लाख ८ हजार ३४ रुपैया भएको जानकारी गराइएको थियो, जसमध्ये ४० हजार नेपाली रुपैयाँ नगद र ६८ हजार ३४ रुपैयाँ बराबरको संस्थाको नाम र लोगो अंकित टिर्सट पठाउने निर्णय भएको छ । उक्त संकलित रकमलाई प्रथम उपाध्यक्ष भुवन के.सीलगायत उपस्थित पदाधिकारीहरुले सामुहिकरुपमा अध्यक्ष युवराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । सो आर्थिक संकलन अभियानमा सवै भन्दा धेरै सहयोग रकम संकलन गर्नुभएका सस्थाका द्धितीय उपाध्यक्ष ठाकुर कुमार परियार लगायतलाई हार्दिक धन्यबाद प्रकट गरिएको छ । सो नगद र टिर्सटलाई सस्थाका प्रतिनिधि मार्फत छिटै नै दार्चुला पठाइने र दार्जुलामा त्यहाको स्थानिय सरोकारवाला निकायको मातहतमा उक्त सहयोग रकम र सामाग्री हस्तान्तरण गरिने अध्यक्षले जानकारी दिएका छन् ।
त्यसै गरि हिन्दु धमावलम्वीहरुको चाड दशै तथा मुस्लिम धर्मावलम्वीहरुको पवित्र चाड इदको अवसरमा पनि दोहा कतारमा आफनो कला सस्कृतिलाई निरन्तरता दिदै गत वर्ष जस्तै भव्य र सव्य इद तथा दशै मिलन समारोहको आयोजना गर्ने निणर्य पनि उक्त बैठकले गरेको छ । निमित्त महासचिव केदारनाथ भुसालले सन्चालन गर्नुभएको सो बैठकले सस्थाको बाषिकोत्सव पनि मनाउने निर्णय गरेको छ । सल्लाहकार बेदराज अधिकारी, देवराज थापा, युवराज पोख्रेल लगायतले पनि आफनो सुझाव तथा मन्तव्य राख्नुभएको थियो ।
बैठकको समापन गर्दै अध्यक्षले महाकाली प्रकोपबाट पिडित भएकाहरुलाई मानविय सहयोगको लागि आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण जिल्लाबाँसी लगायत सवैलाई मानविय सहयोगको लागि धन्यबाद प्रकट गर्दै आगामी दिनमा पनि सस्थाको सामजिक सेवाको कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो ।