काठमाडौंमा सुन्धाराको पर्वतशिखर गेस्ट हाउसमा एक २५ वर्षीया युवती मृत अवस्थामा फेला

काठमाडौं – काठमाडौंमा सुन्धाराको पर्वतशिखर गेस्ट हाउसमा एक युवती मृतअवस्थामा फेला परेकी छन्। अन्दाजी २५ वर्षीया युवती मंगलबार बिहान दस बजे गेस्ट हाउस आएको त्यहाँका मालिकले बताए।

 

‘उनी बिहान दस बजे एउटा केटासँगै गेस्ट हाउस आएकी थिइन्,’ गेस्ट हाउसका मालिकले भने, ‘एक घन्टापछि केटा एटिएमबाट पैसा झिक्नु छ भनेर बाहिरिएका थिए।’

खाना खान बोलाउन जाँदा केटी मृत अवस्थामा भेटिएकी थिइन्। मृतक युवतीको नाम खुल्न सकेको छैन।

 

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

 

RSS

अन्य समाचारहरु