ठेला व्यवसायीद्धारा बुटवलमा -याली, नगरपालिका र ट्राफिक प्रहरीमा ज्ञापनपत्र पेश

– कृष्ण खनाल

 

बुटवल । रुपन्देही ठेला व्यवसायी समिति रुपन्देहीले बुटवल नगरपालिका र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयमा बुधबार ज्ञापन पत्र पेश गरेको छ ।

 

सडक किनारबाट विस्थापित भएका उनीहरुले बैकल्पिक स्थानको माग गर्दै ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्र बुझेपछि नगरपालिका र ट्राफिक प्रहरीले समस्याको समधानका लागि आफु कटिबद्ध रहेको बताएका थिए ।  ज्ञापन पत्र पेश गर्नुअघि समितिले बुटवलको बसपार्कबाट -याली निकालेको थियो । बसपार्क बाट निक्लेको -याली अस्पताल लाईन, ट्राफिक चोक, प्रहरी कार्यालय, नगरपालिका, अमरपथ हुदै पुनः बसपार्कमा आई कोठ सभामा परिणत भएको थियो ।

 

कोठ सभामा बोल्दै एमालेका मणि खनालले व्यवसायीहरुको रोजिरोटी कुनै पनि हालतमा कसैले खोस्न नहुने बताए । उनले व्यवसायीहरुलाई बैकल्पिक स्थानको माग तुरुन्त दिन नगरपालिकालाई समेत आग्रह गरे । त्यस्तै एकिकृत नेकपा माओवादीका प्रेम गुरुङ्ले रोजगारीलाई बेरोजगार गराउन नहुने बताए । उनले ट्राफिक प्रहरी, बुटवल नगरपालिका र आयोजकका गरी ३ जनाको कार्यदल बनाएर अघि बढेमा ५ दिन भित्रै समस्याको समधान निकाल्ने बताए । कार्यक्रममा नेकपा एकिकृतका सन्दीप सापकोटा, समितिका संयोजक मोतिलाल कंडेल लगाएले बोलेका थिए ।


समितिले भोली (बिहिबार) प्रमुख जिल्ला अधिकारी सामु ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको संयोजक कंडेलले जानकारी दिए ।

अन्य समाचारहरु