आदिवासी दिवस खाडीमा मनाउन नेता आङकाजी शेर्पा दुबइमा

 – उमाकान्त पाण्डे गाउंले 
श्रावण २३ ,दुबइ –  आदिवासी नेता आङकाजी शेर्पा सम्युत्त अरब एमिरेट्स यूएईको दुबइ आएका छन । १९ औं विश्व आदिवासी दिवस मनाउन नेता शेर्पा खाडी मुलुक यूएई आएका हुन । 
संघिय समाजवादी पार्टी स्थायी समिति सदस्य समेत रहेका शेर्पा नेपाल जनजाती महासंघ यूएईको चौथो महाधिवेशन घोषणा कार्यक्रममा सहभागी हुनेछन । 
 
उनी नेपाली संघिय समाज यूएईले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र संघिय समाजवादी पार्टीको भुमिका’ बिषयक अन्तर्कृया कार्यक्रममा समेत सहभागी हुनेछन । साथै १९ औं विश्व आदिवासी दिवस तथा नेपाल जनजाती महासंघ यूएईको चौथो महाधिवेशन घोषणा कार्यक्रममा जनजाती नेता शेर्पाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
भारतबाहेक अन्य मुलुकका लागि संघिय समाजवादी पार्टीका प्रवास संगठन विभाग प्रमुख तथा नेपाल आदिवासी जनजाति महासंघका भूतपर्वू महासचिव समेत रहेका शेर्पालाई दुबइको अन्तरास्ट्रिय बिमनस्थलमा यूएईमा सकृय आदिवासी जनजाति संघसस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । 
स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष गिरमान थापा मगर, नेपाली संघिय समाज यूएईका अध्यक्ष भुवन राई, मगर समाज यूएईका अध्यक्ष नुनप्रसाद सोमाई मगर, शेर्पा किदुंग यूएईका अध्यक्ष पासांग शेर्पा, तमु समाजका अध्यक्षका अध्यक्ष डेरराज गुरुंग, पाथिभरा युवा क्लबका अध्यक्ष शिवलामा गुरुंग लगायत उपस्थित रहेको कार्यक्रमका संयोजक डेरराज गुरुंगले जानकारी दिएका छन् ।