गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि सफल व्यवसायी शेष घलेद्धारा पनि उम्मेद्वारी घोषणा


 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि शेष घलेले पनि उम्मेद्वारी घोषणा गरेका छन् । अष्ट्रेलियामा सफल व्यवसायीको रुपमा परिचित घलेले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनको आगामी नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएनएको आगामी महाधिवेशन आगामी अक्टोबरमा काठमाडौंमा हुँदै छ । गैरआवासीय नेपाली संघले उठाउँदै आएको मुद्दाहरुलाई नै आफूले निरन्तरता दिने घलेले बताए ।


घलेले संस्था दर्ता, दोहोरो नागरिकता, सुरक्षित आप्रवास र वैदेशिक रोजगारीको सुदृढिकरण एवं स्वदेशमा लगानी भित्र्याउन प्राथमिकता दिने पनि उल्लेख गरेका छन् ।


संघमा सधै सर्वसम्मतिबाट अध्यक्ष चयन हुँदै आएको अवस्थामा आफू पनि सर्वसम्मतिकै लागि प्रयास गर्ने पनि उनले बताए ।


उनले संघको उद्देश्य नेपालमा परोपकारी कार्य र लगानी प्रबद्र्धन रहेकाले आफ्नो उम्मेद्वारी संघको उद्देश्यलाई मूर्तरुप दिनका लागि भएको पनि बताए ।

 

RSS