शेयर बजार परिसूचक नेप्से धनात्मक

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से धनात्मक रह्यो । बुधबार सामान्य अंकले ऋणात्मक रहेको नेप्से बिहीबार सामान्य अंकले नै सकारात्मक रहेको हो ।


यसदिन जलविद्युत, विकास बैंक, बित्त, बीमा र टेलिकम सूचीकृत अन्य समूह हरियो रहे भने वाणिज्य बैंक र होटल समूह रातो रहे ।


यसदिन पनि कारोबार परिमाण भने उच्च नै रह्यो । ९६ कम्पनीको ४ लाख कित्ता शेयर १४ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद विक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

RSS