कृष्ण
बुटवल । ईतिज ईन्टरनेशनल कलेल बुटवल- १२ कालिका नगरले शैक्षिक ईतिहासमा यस क्षेत्रमा पहिलो पटक अनुसन्धानमुलक जनर्ल प्रकाशन गरेको छ । द के आईसी जर्नल म्यानेजमेन्ट एण्ड ईकोनोमी रिसर्ज(The KIC Journal Of Management and Economic Review) नाम अनुसन्धनात्मक पुस्तक प्रकाशन गरेको हो । कलेजले शुक्रवा बुटवलमा एक विशेष कार्यक्रमको आयोजना गरी विमोचन समेत गरेको छ । उक्त पुस्तकको त्रिभुवन विश्व विद्यालय काठमाण्डौका डिन राजन बहादुर पौडेल र पोखरा विश्व विद्यालयका डा. दिपक भण्डारीले विमोचन गरेका हुन ।
कलेजको वेभ साईट (www.kshitizcollege.edu.np) को समेत लच्न गरिएको कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका राजन बहादुर पौडेलले क्षितीज ईनटरनेशन कलेजले शैक्षिक ईतिहासमा नौलो आयाम थपेको बताएका थिए । उनले उक्त खोजमुलक जर्नल प्रकाशनबाट शैक्षिक क्षेत्रमा महत्पुर्ण कामको सुरुवात भएको भन्दै कामको प्रशंसा समेत गरेका थिए ।
क्षितीज ईन्टरनेशन कलेज बुटवलका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज ईन्टरनेशल कलेजका संस्थापक डा. ईश्वर गौतम, लोकनाथ उपाध्याय, बुटवल बहुमुखी क्याम्पस प्रमुख प्रकाश वन्दु रेग्मी, पोखरा विश्व विद्यालय अन्र्तगत कलेजहरुको छाता संगठन आपेनका अध्यक्ष आरसी आचार्य लगायतले मन्तव्य राख्दै ईतिज ईन्टरनेशल कलेजका शैक्षिक ईतिहासमा नया आयाम थपेकोमा निरन्तरताको शुभकामना व्याक्त गरेका थिए । कलेजका प्रचार्य सुर्य रानाको स्वागत मन्तय रहेको कार्यक्रममा संस्थापक प्रीन्सीपल तारा प्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।