सिरहाको सारसरमा दुई पक्षीय झडप, केही युवा घाईते

सिरहा  । सिरहाको सारसर गाउँ विकास समितिमा दुई पक्षीय युवाहरुबीच झडप भएको छ । 
सारसर गाविसको वडा नं ३, ४ र ६ मा युवाहरुबीच आज झडप सुरु भएपछि स्थिति नियन्त्रणका लागि सयौं प्रहरी परिचालन गरिएको छ । 
हुलदंगाका सहभागीले ६ वटा घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनामा केही युवा घाईते भएका छन् ।
RSS

अन्य समाचारहरु