पर्वतको तिलहार बेतनीमा पहिरो जाँदा पोखरा-बाग्लुङ राजमार्ग अवरुद्ध

पर्वत । पर्वतको तिलहार गाविसको बेतनीमा पहिरो जाँदा पोखरा-बाग्लुङ राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ ।

 

सडक माथिबाट खसेको पहिरोले सडक र कल्र्भट बगाएपछि यातयात अवरुद्ध भएको हो ।

 

यातायात अवरुद्ध हुँदा धौलागिरी अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जान हिडेका सवारी साधन नयाँपुलमा रोकिएका छन् भने राजधानी लगायतका स्थानमा हिंडेका यात्रुहरु डिमुवा र बेतेनीमा रोकिएका छन् ।
 
पहिरो हटाउनका लागि डोजर बोलाईएको र साँझसम्ममा सडक खुलाउन सकिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

RSS

अन्य समाचारहरु