बुटवलका ठेला व्यवसायीद्धारा राजनीतिक दलहरुको कार्यालयमा धर्ना, माग सम्बोधन गर्ने दलको प्रतिवद्वता

कृष्ण खनाल
बुटवल  । ठेलामा व्यवसाय गर्नको लागि उचित स्थानको माग सहित विभिन्न संघर्षका कार्यक्रमजारी राखेका रुपन्देही ठेला व्यसायी समितिले शुक्रवार बुटवलका विभिन्न  राजनितिकदलहरुको पार्टि कार्यालयमा धर्ना दिएका छन । रुपन्देहीमा करिव ८ सय जना जति ठेला व्यसायीहरु सक्रिय रहेकोमा उनीहरुले राजनतिकदलहरुलाई संमन्वयकारी भुमिका निर्वाह गरी उचित स्थान र समयमा सडक ऐन मापदण्ड बाहिर ठेलामा व्यसाय गर्न पाउने  व्यवस्था मिलाउनको लागि दबाब दिनको लागि धर्ना कार्यक्रम गरिएको रुपन्देही ठेला व्यवसायी समितिका अध्यक्ष तथा संघर्षकार्यक्रमका संयोजक मोतिराज कण्डेलले जानकारी दिए ।
उनका अनुसार रुपन्देही जिल्लाका क्रियाशिल ६ वटा राजनितक दलका कार्यालयमा धर्ना कार्यक्रम गरिएको हो । समितिले नेकपा