जाजरकोटको खलंगामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जनक केसी
जाजरकोट – खलंगा-४ बोहोरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना भने गम्भीर घाइते भएका छन्।
खंलगाबाट मटेला हिँडेको ७२५१ नम्बरको ट्याक्टर बोहोरमा चार मिटर तल खसेको थियो। मृत्यु हुनेमा १७ वर्षीय चालक अच्युत शाही र १३ वर्षीय खेमबहादुर टमाटा छन्। घाइते हुनेमा सिद्धिमाण राजभण्डारी र विकास सिंह रहेको प्रहरीले जनाएको छ।
उनीहरुको उपचार रुकुमको चौरझारी मिसन अस्पतालमा भइरहेको छ।

अन्य समाचारहरु