कारको ठक्कर बाट दुबईमा एक नेपालीको मृत्यु

– उमाकान्त पाण्डे गाउंले 
दुबइ – रोजगारीका लागि दुबइ पुगेका एक नेपालीको कारको ठक्कर बाट मृत्‍यु भएको छ । दुबइको अल बर्षामा रहेको केबाब रोल्स रेस्टुरेन्टमा कार्यरत नेपाली ज्ञानु गौतमको मृत्‍यु भएको कम्पनीले पुष्टि गरेको छ । 
जुलाई २६ गते राती ३ तिस बजे उनी कार्यरत रेस्टुरेन्टको हलमै आएर कारले ठक्कर दिदा नेपाली सहित एक भारतीय र अर्का एक  पाकिस्तानी नागरिकको मृत्‍यु भएको थियो । यधपी कम्पनीले भने मृत्‍यु भएको बारे हालै मात्र पुष्टि गरेको हो ।  
 
करिब १ सय भन्दा बढी गेस्ट अटाउन सक्ने हलमा रात्री भोजको सेवा सकेर आफ्नो कोठा जाने तयारीमा रहेका रेष्टुरेन्टका आठ कर्मचारीहरुलाई ड्राइभरको लापरबाहीका कारण अनियन्त्रित भएको कारले रेष्टुरेन्टको सिसालाई फुटाएर रेष्टुरेन्टको भान्साघर भित्रको आधा भाग क्षती पुर्याउदै तीन जनाको ज्यान समेत लिएको कम्पनीले हाल पुष्टि गरेको छ । 
ज्यान गुमाउनेका नातेदारलाई खवर गरिएको र उनीहरूको पार्थिब शबलाई आवश्यक कानुनी प्रकृया पुरागरी स्वदेश फर्काउने तयारी गरिरहेकोले मृतकको बारे बाहिर उल्लेख गर्नु ठीक नहुने रेष्टुरेन्टका संचालकले जनाए ।