विमल खतिवडा, ईकन्तिपुर
चितवन – साढे चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवनको पदमपुर २ का १८ वर्षीय मनोज आचार्य पक्राउ परेका छन् ।
उनी बिरुद्ध प्रहरीमा मुद्धा दर्ता भएको छ । बालिकालाई पटक/पटक जबरजस्ती गरेको भन्दै पीडित पक्षले साउन २५ गते प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित आचार्यले २२ गते बेलुका पीडित बालीकाको घरमा आमा नभएको मौका छोपि बलात्कार थिए ।
आचार्यले पहिले पनि बालिकालाई दुई पटक बलात्कार गरे पनि डरले गर्दा प्रहरीमा खबर गर्न नसकेको पीडित परिवारले बताए ।
पक्राउ परेका आचार्यलाई अदालतबाट म्याद थप गरी घट्नाबारे अनुसन्धान थालिएको प्रहरी कार्यालयका प्रबक्ता डिएपी सञ्जय राउतले बताए ।